+
+
Shares

कांग्रेसको आजको बैठक सकियो, अब शनिबार बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २९ कात्तिक दिउँसो २ बजे पुनः बस्ने भएको छ।
  • शुक्रबारको बैठकमा उपसभापति धनराज गुरुङ र महामन्त्रीहरूले धारणा व्यक्त गरेका थिए।
  • बैठकले जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्था र प्रतिनिधिसभाको मध्यावधि निर्वाचनबारे निर्णय गर्नेछ।

२९ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक शनिबार पुन: बस्ने भएको छ।

शुक्रबारको बैठकपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अर्को बैठक २९ कात्तिकको दिउँसो २ बजे बस्ने जनाएका छन्।

शुक्रबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्था, प्रतिनिधिसभाको मध्यावधि निर्वाचन, पार्टीको महाधिवेशनलगायतका विषयमा निर्णय गर्न २८ असोजदेखि बैठक बसिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?