News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएर महामन्त्रीले देशभरका जनतालाई चिराचिरा पारेको आरोप लगाउनुभयो।
- चौधरीले जसले हस्ताक्षर गरेको छ, क्रान्तिकारी हुने र नगरेका प्रतिगामी हुने भनाइको विरोध गर्नुभयो।
- उहाँले २४ भदौअघि सभापति देउवालाई सबैले स्वीकारेको र त्यसपछि अनेक आरोप लगाइएको बताउनुभयो।
२७ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएर महामन्त्रीले देशभरका जनतालाई चिराचिरा पारेको आरोप लगाएका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्न लगाएर महामन्त्रीले जनतालाई चिरा–चिरा पारेको आरोप लगाएका हुन्। तर, उनले कुन महामन्त्री भनेर नाम भने उच्चारण गरेनन्।
‘साइन गरेर ल्याउ पनि भन्ने, निर्णय मै गर्छु पनि भन्ने ? यस्तो पनि सुहाउँछ ? तपाईं हाम्रो संस्था हो । तपाईं संस्था भएको व्यक्तिले यो भन्न मिल्दैन । मिल्दै मिल्दैन,’ चौधरीले भने, ‘तर, तपाईंले भन्नुभयो, अत्यन्तै गलत गर्नुभयो। तपाईंले देशभरका जनतालाई चिराचिरा पार्नुभएको छ।’
सहमहामन्त्री चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरू क्रान्तिकारी भए नगर्नेहरू प्रतिगामी हुन् भनेर प्रश्नसमेत गरे। ‘जसले सिग्नेचर गरेको छ, उ महामन्त्रीको हुने, जसले सिग्नेचर गरेको छैन, उ तपाईंको विरोधी हुने ?,’ उनले भने, ‘जसले हस्ताक्षर गरेको छ, क्रान्तिकारी हुने रे। जसले हस्ताक्षर गरेको छैन, के प्रतिगामी हुने ? जसले साइन गरेको छ, त्यो विशेष महाधिवेशन चाहने । जसले गरेको छैन त्यसले नचाहने, के भन्न खोजेको हो ?’
सहमहामन्त्री चौधरीले जनेजी आन्दोलनअघि सबैका लागि ठीक रहेका सभापति शेरबहादुर देउवालाई आन्दोलनपछि अनेक लाल्छना लगाइएको भन्दै आपत्ति जनाए । ‘२३ र २४ गते (भदौ) अगाडि हाम्रो पार्टी सभापति ठीक। उहाँले गरेको काम राम्रो,’ उनले प्रश्न गरे, ‘तर, २४ गतेपछि त सबै खराब ? पार्टी सभापति बेठीक ? पार्टी सभापति सबैभन्दा बदमास ? पार्टी सभापति अपराधी ? के भन्न खोजेको ?’
सहमहामन्त्री चौधरीले २४ भदौ अघि सबैले सभापति देउवासँग हरेक करामा भागबण्डा लिएको पनि बैठकमा सुनाए। ‘हिजो सभापति हुँदा हामीले मन्त्रीमा भागबण्डा लिने। हामीले भ्रातृ संस्थामा पनि भागबण्डा लिने । विभागमा पनि भागबण्डा लिने । राजनीतिक नियुक्तिमा पनि भागबण्डा लिने । सरकारमा हुँदा संयन्त्रमा पनि बस्ने,’ उनले भने।
प्रतिक्रिया 4