+
+
Shares

आगामी महाधिवेशनबाट कांग्रेस नयाँ भएर आउँछ : गगन थापा

‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ,’ थापाले भने, ‘नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १९:३०
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी महाधिवेशनबाट पार्टी नयाँ भएर आउने बताएका छन् ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले आगामी महाधिवेशनबाट कांग्रेसले आफूलाई नयाँ पुस्ताको मागअनुसार परिवर्तन गर्ने बताए ।

‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ,’ उनले भने, ‘नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ ।’

अधिवेशन नगरी जानु भनेको गल्ती–कमजोरी स्वीकार नगरेर जनादेश माग्न जानु भन्ने बुझिने महामन्त्री थापाको भनाइ छ ।

‘यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्,’ उनले भने ।

महामन्त्री थापाले कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने नभएर सम्हाल्ने भएको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?