News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलमा २-२ गोलको बराबरी खेलेको छ।
- रोहित चन्दले २९औं मिनेटमा गोल गरे जुन उनको दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
- इन्जुरी समयमा अनन्त तामाङले बराबरी गोल गर्दै खेललाई २-२ मा पुर्याए।
२७ कात्तिक, काठमाडौं । इन्जुरी समयमा गोल फर्काएपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।
बिहीबार ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेलमा नेपाल र बंगलादेशले २-२ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा अग्रता लिएको भएपनि दोस्रो हाफको सुरुवाती समयमै नेपालले २ गोल बेहोरेको थियो । त्यसपछि इन्जुरी समयमा गोल फर्काएको हो ।
२९औं मिनेटमा रोहित चन्दले डिबक्सको बाहिरबाट गरेको सशक्त प्रहार गोल भएको थियो । रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो ।
दोस्रो हाफको ४६औं मिनेटमा बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीले शानदार एक्रोब्याटिक गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसको ३ मिनेटमै हम्जाले पेनाल्टीमार्फत गोल गर्दै बंगलादेशलाई फेरि अग्रतामा ल्याए । खेल सकिन लाग्दा इन्जुरी समयमा अनन्त तामाङले नेपालका लागि बराबरी गोल गरे ।
नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् ।
नेपालले अब १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ ।
प्रतिक्रिया 4