+
+
Shares

कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन

१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्नुपर्ने माग राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १३:३४

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।

उनीहरूले आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गरेका हुन् ।

१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्नुपर्ने माग राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् ।

मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला रहेका छन् ।

यस्तै, केन्द्रीय सदस्यहरू धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।

मागपत्रमा नेता नारायणबहादुर कार्कीको नाम पनि समावेश छ । अनलाइनखबरलाई प्राप्त मागपत्रमा उनको नामका पछाडि ‘मौखिक सहमति’ लेखिएको छ ।

‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने,’ माग पत्रमा भनिएको छ ।

उनीहरूले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ कियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नका लागि समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङग्याउनुपर्ने पहिलो माग गरेका छन् ।

वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने र पार्टीको आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने पनि उनीहरूको माग छ ।

‘आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने र आगामी स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने मागहरू क्रमशः पाँचौ र छैटौं बुँदामा राखिएको छ ।

‘संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्ने,’ माग पत्रको सातौं बुँदामा भनिएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?