News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लु वृद्धिले कोशी प्रदेशको बिर्तामोडमा दिपल एस ०५ ईभी सार्वजनिक गरेको छ र केही सातामै दुई सय युनिटभन्दा बढी बिक्री भइसकेको छ।
- दिपल एस ०५ मा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०, क्विन कोपाइलट सिट, र अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले जस्ता सुविधा छन्।
- बिर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरी तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गरिएको छ।
२८ कात्तिक, झापा । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र बिर्तामोडमा दिपल एस ०५ सार्वजनिक गरेको छ । ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ युक्त यस ईभी सार्वजनिक भएको केही सातामै दुई सय युनिटभन्दा धेरै बिक्री भइसकेको एमएडब्लू वृद्धिले जनाएको छ ।
बिहीबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल बिर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले संयूक्त रुपमा नयाँ दिपल एस ०५ सार्वजनिक गरे ।
दिपल एस ०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ । यसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।
दिपल एस ०५ मा दुवै फ्रन्ट सिट वेलकमिङ भेन्टिलेटेड र हिटेड छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जीरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा आराम दिन्छ ।
साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोर्ट इन एन्ड आउट पार्किङ’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टकै पहिलो ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ दिइएको छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।
बिर्तामोडमा नयाँ सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्जको अवसर
यसैबीच बिहीबार बिर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक ईभीको बिक्री वितरण गर्नेछ । साथै बिक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ शनिबारबाट तीन दिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।
कार्यक्रममा दिपलका अत्याधुनिक ईभी दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, अल्ट्रा प्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभको अवसर छ ।
‘एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निःशुल्क ट्राभल चार्जर पनि पाउनेछन्’ कम्पनीले भनेको छ ।
प्रतिक्रिया 4