News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले ललितपुर क्वीन्सलाई ३-१ को सेटमा पराजित गरेको छ।
- कर्णालीले पहिलो सेट हार्दा पनि बाँकी तीन सेट २६-२४, २५-२३ र २७-२५ को अंकले जितेको छ।
- शनिबार साँझ ५ बजे उपाधिका लागि कर्णाली र ललितपुरबीच फाइनल खेल हुने छ र कर्णाली हालसम्म अपराजित छ।
२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले शानदार पुनरागमन जित निकालेको छ ।
शुक्रबार भएको दोस्रो खेलमा कर्णाली यशविसले ललितपुर क्वीन्सलाई ३-१ को सेटमा हराएको हो । सुरुवाती सेटमा पराजित भएको कर्णालीले त्यसपछिका तीन सेट जितेको हो ।
ललितपुरमाथि कर्णाली १७-२५, २६-२४, २५-२३ र २७-२५ को सेटमा विजयी भयो । दोस्रो सेटमा टाइब्रेकमा बाजी मारेको कर्णालीले अन्तिम सेटमा २४-२५ ले पछि परेको अवस्थाबाट लगातार ३ अंक जोडेको थियो ।
उपाधिका लागि शनिबार साँझ ५ बजे यिनै दुई टोली खेल्दै छन् । फाइनलअघि आजको खेल ‘फाइनल बिफोर द फाइनल’जस्तै बन्यो ।
लिग चरणमा कर्णाली पहिलो र ललितपुर दोस्रो हुँदै फाइनल पुगेका हुन् । साविक विजेता समेत रहेको कर्णाली हालसम्म यस प्रतियोगितामा अपराजित छ ।
आजको खेल हेर्न कर्णालीका ब्रान्ड एमबासडर महानायक राजेश हमाल पनि उपस्थित थिए । ‘राम्रो खेल्ने टिमले जितोस्, तर मलाई कर्णाली यशविसले नै जित्छ जस्तो लाग्छ’ उनले भनेका थिए ।
प्रतिक्रिया 4