३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।
रास्वपा परित्याग गर्ने नेताहरूप्रति लामिछानेले गरेको टिप्पणीप्रति चासो राख्दै रास्वपाले स्पष्टीकरण सोधेको हो ।
बागमती सभापति लामिछानेले रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी परित्याग गरेकोमा प्रतिक्रिया दिने क्रममा जान मन लाग्नेहरु रास्वपा छोडे हुने बताएका थिए ।
लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको शीर्ष तहका एक नेताले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4