+
+
Shares

दलितको संवैधानिक अधिकार कार्यान्वयन गर्ने गरी विधेयक ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:४५

१ मंसिर, काठमाडौं । संसदीय समितिले सरकारलाई दलितको संवैधानिक अधिकार कार्यान्वयन गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा लगायत संघीय मामिला मन्त्रालयसँग छलफल गरेपछि राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकमा मन्त्री सिन्हाले आफूले फाइल नअड्काउने प्रतिबद्धता जनाए ।

‘जतिसुकै छिटो अत्यन्त चाडै यस (दलित एनको मस्यौदा) लाई प्राथमिकताको पनि प्राथमिकतामा राख्नेछु,’ उनले भने ।

सांसदहरूले भने सरकारले विगतमा प्रतिबद्धता मात्रै जनाएको भनेर आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?