+
+
WC Series
जनकपुर बोल्ट्स 2025
84/5 (14.4)
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

विज्ञापन बोर्डको निर्देशन विपरीत एनपीएलमा ‘डाफान्यूज’ विज्ञापन

त्रिविस्थित क्रिकेट रंगशलामा डाफा न्यूजको विज्ञापन देखिएको हो । रंगशालामा ठूलो बोर्डमा डाफा न्यूजको बोर्डसहित विज्ञापन गरिएको छ । जबकी डाफा न्यूजको विज्ञापन नगर्न भन्दै विज्ञापन बोर्ड गत १ भदौमै नेपाल क्रिकेट संघ (क्यान)लाई निर्देशन दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा विज्ञापन बोर्डको निर्देशन विपरीत डाफान्यूजको विज्ञापन देखिएको छ।
  • विज्ञापन बोर्डले गत १ भदौमा नेपाल क्रिकेट संघलाई डाफान्यूजको विज्ञापन नगर्न निर्देशन दिएको थियो।
  • बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भेटिए कारबाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ।

१ मंसिर, काठमाडौं । विज्ञापन बोर्डको निर्देशन विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘डाफान्यूज’ को विज्ञापन देखिएको छ ।

त्रिविस्थित क्रिकेट रंगशलामा डाफा न्यूजको विज्ञापन देखिएको हो । रंगशालामा ठूलो बोर्डमा डाफा न्यूजको बोर्डसहित विज्ञापन गरिएको छ । जबकी डाफा न्यूजको विज्ञापन नगर्न भन्दै विज्ञापन बोर्ड गत १ भदौमै नेपाल क्रिकेट संघ (क्यान)लाई निर्देशन दिएको थियो ।

पहिलो संस्करणको एनपीएलमा विदेशी कम्पनी स्टार स्पोर्टस् च्यानबाट विज्ञापनसहित अनलाइन जुवा साइटको विज्ञापन भएको थियो ।

त्यतिबेला त्रिवि मैदानमा वानएक्सबेट, वुल्फ ७७७, डाफा न्यूजलगायत बेटिङ साइटको विज्ञापन भएको थियो । खेलाडीका जर्सीदेखि मैदानसम्म यस्ता साइटका विज्ञापन थिए ।

यसबारे विज्ञापन बोर्डमा उजुरी समेत परेको थियो । त्यसपछि बोर्डले क्यानलाई पत्राचार गर्दै यसबारे सोधपुछ गरेको थियो । २६ साउन २०८२ मा मात्रै विज्ञापन बोर्डलाई जवाफ पठाएको थियो । उक्त जवाफमा भने बोर्डले चित्त बुझाएन ।

त्यसपछि १ भदौमा बोर्डकी प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले एक पत्र लेख्दै क्यानलाई यसबारे सचेत गराइएकी थिइन् ।

यता बेटिङको विज्ञापन गर्ने कम्पनीलाई १० हजार रुपैयाँ जरिवानादेखि तीन महिनाका लागि विज्ञापन गर्न रोक समेत लगाएको थियो ।

जुवा खेलाउने साइटको विज्ञापन गराउने कम्पनी ब्राण्ड डिजिटल लजिक प्रालि ललितपुर र टिसिएस स्पोस्टर्स एण्ड मार्केटिङ प्रालि टंगाललाई जनही १०/१० हजार जरिवाना गराइएको थियो ।

त्यस्तै तीन महिनासम्म विज्ञापन तथा सूचना दिन र लिन रोक लगाएको थियो । अहिले फेरि त्यही डाफा न्यूजको विज्ञापन एनपीएलमा देखिएको छ । यसबारे बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं त्यस्तो भेटिए कारबाही प्रक्रिया अघि बढाउने बताउँछन् ।

‘बेटिङ साइटको विज्ञापन भएको रहेछ भने तुरुन्तै पत्र काटेर कारबाही प्रक्रिया अघि बढाउँछौं’ अध्यक्ष हुमागाईंले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?