१ मंसिर, काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।
यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् ।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिक प्रमाणपत्र प्राप्त गर्नुलाई उनीहरूले ऐतिहासिक क्षण भनेका छन् । निर्वाचन आयोग परिसरमै उनीहरूले पत्रकारलाई बाँडेको ब्रिफिङमा भनिएको छ, ‘यो केवल एउटा पार्टी दर्ता भएको प्रमाणपत्र होइन, यो जेनजी आन्दोलनमा घाइते भएका सबै वीर युवाहरूको पीडा, अधिकार र न्यायको पक्षमा उभिने हाम्रो अटल वाचाको प्रमाणपत्र हो ।’
शहीदहरूको सपना खेर जान नदिने, उनीहरूको बलिदानलाई इतिहासको पानामा मात्र सीमित नगरी व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने यो पार्टीको प्रतिज्ञा छ ।
देशमा परिवर्तन आउँछु भनेर आफ्नो ज्यानसम्म अर्पण गर्ने प्रत्येक सहिदको सपना पूरा गर्ने यो पार्टीको दृढता छ ।
चुनावभन्दा अघि आफूहरूका प्रमुख मागहरू सुनिश्चित गराउनु पर्ने समेत उनीहरूको सर्त छ ।
‘भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम शुरु होस्, प्रणाली परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी को दिशामा स्पष्ट रोडम्याप तयार होस्, सहिदहरूको रगतको सम्मान होस्, घाइतेहरूको उपचार, पुनर्स्थापना र भविष्यको ग्यारेन्टी सुनिश्चित होस् । यी नै हाम्रो प्राथमिक एजेन्डा हुन’ ब्रिफिङमा भनिएको छ ।
प्रतिक्रिया 4