News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री साम्राज्ञी शाहले १५ जेठ २०७० मा इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन्।
- उनले सार्वजनिक गरेका फोटोमा हीराको औंठी लगाएको देख्न सकिन्छ।
- उनले 'एस एन्ड बी' ह्यासट्याग उल्लेख गर्दै भावनाहरू व्यक्त गरेकी छन्।
काठमाडौं । आज मंगलबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो ।
यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।
उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । सोमबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् ।
‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै उनले यो महत्वपूर्ण अवसरमा आफ्ना भावनाहरू पनि व्यक्त गरेकी छन् ।
उनी लेख्छिन्, ‘जसको लागि मैले प्रार्थना गरेँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा । कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु । तिम्रो आँखा मेरो आँखासँग ठोक्किँदा सिर्जना भएको एक जादू । एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । फेरि चिप्लिन नदिइकन मेरो हातलाई बलियोसँग समातेकोमा धन्यवाद । तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ । दयालु र कोमल हुनु । सधैं र सधैंभरि मेरो हृदय समात्नू ।’
इन्गेजमेन्टको यो घोषणाप्रति प्रशंसक र सेलिब्रेटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन् ।






प्रतिक्रिया 4