+
+
Shares

साम्राज्ञीका हुनेवाला श्रीमान विशाल खरेल को हुन् ? कसरी नजिक भए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री साम्राज्ञी शाहले इन्स्टाग्राममा ‘एस प्लस बी’ लेखेर आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी छन्।
  • उनकी मंगेतर मोडल तथा अभिनेता विशाल खरेल हुन्, जो ५ वर्षअघि रिलिज भएको फिल्म ‘प्रेम दिवस’ मा अभिनय गरेका थिए।
  • साम्राज्ञी र विशालले थाइल्याण्डमा छायांकन गरिएको दुई म्युजिक भिडियोमा अभिनय गर्दा नजिक भएका थिए र सम्बन्धलाई गुपचुप राख्दै आएका थिए।

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह मंगलबार जन्मदिन मनाउँदैछिन् । यस्तोमा, आफूले इन्गेजमेन्ट गरेको खबरमार्फत उनले प्रशंसक र सेलिब्रेटीलाई सरप्राइज दिएकी छन् ।

इन्स्टाग्राममा साम्राज्ञीले ‘एस प्लस बी’ अक्षरमार्फत आफूले इन्गेजमेन्ट गरेको जनाएकी छन् ।

उनले सेयर गरेको फोटोमा उनका फियन्सेको अनुहार स्पष्ट देखिँदैन । त्यसमाथि क्याप्सनमा ‘बी’ मात्र लेखेकी छिन् । यस्तोमा, धेरैलाई ती युवक को हुन् भन्ने कुरामा जिज्ञासा हुनसक्छ ।

उनी हुन्- मोडल तथा अभिनेता विशाल खरेल ।

५ वर्षअघि रिलिज भएको कथानक फिल्म ‘प्रेम दिवस’ मा उनले अभिनय गरेका थिए । त्यसपछि उनी परिवारसहित अमेरिका गए । उनले अमेरिकामै व्यवसाय गर्दै आइरहेका छन् ।

साम्राज्ञी र विशालले पछिल्लो एकवर्षमा रिलिज भएका दुई म्युजिक भिडियोमा अभिनय समेत गरेका थिए । थाइल्याण्डमा छायांकन गरिएको ‘हारेँ हारेँ’ र ‘मालती’ म्युजिक भिडियोमा उनीहरूले मोडलिङ गरेका छन् ।

स्रोतका अनुसार, यी दुई म्युजिक भिडियोमा काम गर्ने क्रममा साम्राज्ञी र विशाल नजिक भएका हुन् ।

झण्डै एकवर्षअघि यी दुईले ती म्युजिक भिडियोमा काम गरेका थिए । सम्बन्धलाई यी दुईले गुपचुप राख्दै आएका थिए ।

साम्राज्ञी र विशाल यो म्युजिक भिडियोमा काम गर्दा नजिक भएका थिए : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?