+
+
Shares

‘जदौ’मा साम्राज्ञी र मुकुनले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जदौ’को शीर्ष कलाकार साम्राज्ञी शाह र मुकुन भुसालले साइन् गरे।
  • निर्देशक तय नभएको र प्राविधिक टुंगो नलागेको अवस्थामा फिल्मको प्रक्रिया अघि बढिरहेको छ।
  • भदौमा सुटिङ सुरु हुने र यस वर्षै प्रदर्शन हुने योजना छ।

काठमाडौ । निर्देशक तय नहुँदै फिल्म ‘जदौ’मा शीर्ष कलाकार अनुबन्धित भएका छन् । साम्राज्ञी शाह र मुकुन भुसालले यो फिल्म साइन् गरेका छन् । फिल्ममा यी दुई कलाकारले जोडी बाँध्ने जनाइएको छ ।

फिल्मले यति छिटो विकासक्रम लिइरहँदा पनि अहिलेसम्म निर्देशक तय छैनन् । काजी लिम्बुको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने खुलाइएको छैन ।

निर्देशक बिना फिल्मको प्रक्रिया बढाउने खबर विरलै मात्र सुनिएको छ ।

भदौबाट सुटिङ थालिने ‘जदौ’को प्रमुख अभिनेत्रीमा केही दिन अघि साम्राज्ञी अनुबन्धित भैसकेकी छन् । अन्य कलाकार प्राविधिकबारे टुंगो लगाउन बाँकी रहेको जनाइएको छ ।

भुसालसँगै सन्ध्या श्रेष्ठलाई पनि सहायक भूमिकामा अनुबन्धित गरिएको छ । सिल्भर स्क्रिन र समिश्रण मूभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ छन ।

श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत अनि बुद्धी माझीको निर्माण ब्यबस्थापन हुनेछ । रहने छ । फिल्मको प्रदर्शन यसैवर्ष हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?