+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

साम्राज्ञीसँग इन्गेजमेन्ट गरेका मोडल विवादमा, ‘पूर्वपत्नी’ ले टिकटकमार्फत के भनिन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री साम्राज्ञी शाहसँग इन्गेजमेन्ट गरेका विशाल खरेलको वैवाहिक स्थिती खुलासापछि सामाजिक सञ्जालमा विवाद चर्किएको छ।
  • विशालकी पूर्वपत्नीले टिकटकमा ३ मिनेट लामो भिडियो सार्वजनिक गरी आफूहरू एक वर्षअघि अलग भएको र बच्चा भएको खुलासा गरिन्।
  • पूर्वपत्नीले विशालले चिटिङ गरेको स्वीकार्दै सामाजिक सञ्जालमा गलत सूचना नफैलाउन र गोपनियताको सम्मान गर्न आग्रह गरिन्।

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहसँग इन्गेजमेन्ट गरेका एक्टर तथा मोडल विशाल खरेल विवादमा तानिएका छन् । टिकटक र रिल्समा उनको वैवाहिक स्थितीको खुलासा भएपछि धेरैले यसबारे टिप्पणी गरिरहेका छन् ।

विशाल र साम्राज्ञीको सम्बन्ध सतहमा आएपछि सामाजिक सञ्जाल विभाजित देखिन्छ । एकथरीले श्रीमती हुँदाहुँदै विशालले चिटिङ गरेको आरोप लगाइरहेका छन् । अर्कोथरीले विवाहित हो भन्ने थाहा हुँदाहुँदै साम्राज्ञीले सम्बन्ध अघि बढाएको आरोप लगाइरहेका छन् ।

आरोप-प्रत्यारोप यतिविधि चर्किएको छ कि विशालकी पूर्वपत्नीले टिकटकमार्फत ३ मिनेट लामो भिडियो सार्वजनिक गर्दै यसबारे स्पष्टीकरण दिनुपरेको छ । बुधबार उनले सार्वजनिक गरेको भिडियोमा मुख्यतः केही कुराको खुलासा भएको देखिन्छ ।

आफूहरू विवाहित रहेको र बच्चा भएको कुरा साम्राज्ञीले पहिल्यै थाहा पाएको विशालकी पूर्वपत्नीले भिडियोमा बताएकी छिन् ।

विशालले ‘बेड सेयर’ गरेको कुरा निश्चित गरेपछि आफूहरू एकवर्षअघि नै अलग भएको उनले बताएकी छिन् ।

‘चिट गरेको भेटाएपछि मेरो एक्सलाई सोधेँ, उसले पनि सुटिङ सकेर आएर बेड सेयर गरेको कन्फर्म गरेपछि हामी अलग भएका हौं । हामी अलग भएको १ वर्ष भयो’ उनले भनेकी छिन् ।

उनले स्पष्ट कुरा नबुझी सोसल मिडियामा कन्टेन्ट नहाल्न समेत आग्रह गरेकी छिन् । उनले गोपनियताको सम्मान गर्न, सही-गलत बुझ्न पनि भनेकी छिन् । आफूबारे फेक आइडी बनाएर भ्रम नफैलाउन पनि उनको आग्रह छ ।

विशाल र साम्राज्ञीले पछिल्लो एक वर्षमा दुईवटा म्युजिक भिडियोमा सहकार्य गरे । थाइल्याण्डमा छायांकन हुने क्रममा उनीहरू नजिकिएको अनुमान गरिएको छ । विशालले फिल्म ‘प्रेमदिवस’ मा पनि अभिनय गरेका छन् ।

मंसिर २ गते परेको जन्मदिनको अवसरमा साम्राज्ञीले इन्स्टाग्रामबाट आफूले विशालसँग इन्गेजमेन्ट गरेको कुरा सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?