News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री साम्राज्ञी शाहले एक्टर विशाल खरेलसँग कानूनी रूपमा मंगेतर दर्ता भएको र इन्गेजमेन्टमा पछुतो नभएको बताएकी छिन्।
- साम्राज्ञीले विशाल विवाहित भएको आरोप खण्डन गर्दै आफूले कहिल्यै विवाहित पुरुषसँग सम्बन्ध नराख्ने दावी गरिन्।
- विशालकी पूर्वपत्नीले थाइल्याण्डमा विशालसँग बेड सेयर गरेको स्वीकारेपछि आफूहरू अलग भएको दाबी गरेकी छिन्।
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले आफ्नो इन्गेजमेन्टलाई लिएर भैरहेको विवादमा मुख खोलेकी छिन् । उनले गतसाता एक्टर तथा मोडल विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
बुधबार अपरान्ह इन्स्टाग्राम स्टोरीमार्फत साम्राज्ञीले ‘इन्गेजमेन्ट’ गर्ने निर्णयको बचाउ गरेकी छिन् । ‘मंगेतर’ को रुपमा आफूहरू कानूनीरुपमा दर्ता भएको जनाउँदै उनले इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको बताएकी छिन् ।
विशाल विवाहित रहेको भन्ने थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ता तथा विशालकी पूर्वपत्नीको आरोपको पनि साम्राज्ञीले खण्डन गरेकी छिन् ।
उनले दावी गरेकी छिन्, ‘ म कहिल्यै विवाहित पुरुषसँग डेट गर्दिन वा इन्गेजमेन्ट गर्दिन र परिवार तोड्ने छैन ।’ आलोचना र विरोधले आफूहरूको निर्णयलाई फरक नपर्ने बताउँदै साम्राज्ञीले प्रेमको रक्षा गर्ने बताएकी छिन् ।
साम्राज्ञी र विशालकी पूर्वपत्नीको दावी आ-आफ्नै देखिन्छ । विशालकी पूर्वपत्नीले थाइल्याण्डमा आफ्नो पूर्वपतिले साम्राज्ञीसँग ‘बेड सेयर’ गरेको कुरा स्वीकारेपछि आफूहरू अलग रहेको दावी गरेकी छन् ।
यता, साम्राज्ञीले भने विशाल पहिले नै ‘मुभ अन’ भैसकेको अर्थात पहिल्यै नै उसको पूर्वपत्नीबाट अलग भैसकेको दावी गरेकी छिन् । यसबारे विशालले भने प्रतिक्रिया दिइसकेका छैनन् ।

साम्राज्ञीले के लेखिन् ?
‘जतिबेला हामीले आशा गुमाएका थियौं, त्यतिबेला हामीले एकअर्काको माया पायौं । दुर्भाग्यवश हामीसँग दुवैको विगत थियो, जुन सबैसँग हुन्छ । यसमा हामीलाई पछुतो छैन । हामीले जीवनमा अगाडि बढ्ने निर्णय गर्यौं । मैले कहिल्यै विवाहित पुरुषसँग डेट वा इन्गेजमेन्ट गर्दिन र परिवार तोड्दिन पनि । ऊ पहिले नै धेरै अघि बढिसकेको थियो । हामी इन्गेजमेन्ट भएका छौं र कानुनी रूपमा मंगेतरको रूपमा दर्ता भएका छौं । हामी यसलाई सुरक्षित राख्ने, हाम्रो प्रेमको रक्षा गर्ने र खुसी हुने वाचा गर्छौं र हामीलाई यसले केही पनि परिवर्तन गर्ने छैन । कसैलाई मूल्यांकन गर्नुअघि, कृपया सम्झनुहोस् कि सिक्काका दुई पाटा छन् त्यसैले मेरो खुशीको मजाक उडाउन बन्द गर्नुहोस् । कृपया आफ्नो भ्यूजको लागि मेरो नाम प्रयोग गर्न बन्द गर्नुहोस् र मलाई शान्तिपूर्वक बाँच्न दिनुहोस् ।’
प्रतिक्रिया 4