+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पहिलो चौमासिकमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बर बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ पुगेको छ।
  • यस वर्ष कात्तिकसम्म ३८२ उद्योग दर्ता भएका छन्, जसमा २५१ अटोमेटिक रुट र १३१ अप्रुभल रुटबाट स्वीकृत भएका छन्।
  • सूचना प्रविधिमा २०५ र पर्यटनमा ११८ उद्योग दर्ता भएका छन्, कृषिमा सबैभन्दा बढी २१ अर्ब ८८ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ।

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ ।

उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

यो अटोमेटिक रुट र अप्रुभल दुबै रुटबाट स्वीकृत भएको एफडीआई हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको मात्र एफडीआई स्वीकृत भएको थियो ।

यस वर्ष कात्तिकसम्म कुल ३८२ उद्योग दर्ता भएका छन् । जसमध्ये २५१ अटोमेटिक रुट र १३१ उद्योग अप्रुभल रुटबाट स्वीकृत भएको तथ्यांक छ ।

अटोमेटिक रुटबाट २ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको तथ्यांक छ । यससँगै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ६ खर्ब ८६ अर्ब ५ करोड रुपैयाँ बराबर स्वीकृत भएको देखिन्छ ।

चाैमासिक अविधमा कुल ७ हजार ६२१ कम्पनी दर्ता भएका छन् । यस वर्ष कात्तिकसम्म दर्ता भएका उद्योगले ३३ हजार ८१४ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । यस वर्ष साउन र भदौमा लगानी प्रतिबद्धता उत्साहजनक थियो । त्यसयता भने निरन्तर घट्दो क्रममा छ ।

साना उद्योगमा आकर्षण

यस वर्ष कात्तिकसम्म आएको लगानी प्रतिबद्धता र स्वीकृत उद्योगको संख्या हेर्दा साना उद्योगमा बढी लगानी केन्द्रित भएको छ ।

तथ्यांक अनुसार कात्तिकसम्म ३६९ वटा साना उद्योग दर्ता भएका छन् । ६ मझौला र ७ ठूला उद्योग दर्ता भएका छन् । कात्तिकमा मात्र ६९ साना उद्योग, २ मझौला उद्योग दर्ता भएको तथ्यांक छ । यस महिनामा ठूला उद्योग दर्ता भएनन् ।

पर्यटन र सूचना प्रविधिमा अधिक लगानी

यस वर्ष कात्तिकसम्मको तथ्यांक हेर्दा पर्यटन र सूचना प्रविधिमा अधिक लगानी आएको देखिन्छ । सूचना प्रविधिसँग सम्बन्धित २०५ उद्योग दर्ता भएका छन् । जुन कुल उद्योग दर्ता संख्याको ५४ प्रतिशत हो । पर्यटनसँग सम्बन्धित ११८ उद्योग दर्ता भएका छन् ।

जुन ३१ प्रतिशत हिस्सा हो । यसबाहेक उत्पादनमुलक उद्योग २१, ऊर्जामा १, कृषिमा १३ उद्योग मात्र दर्ता भएको देखिन्छ । लगानी रकमको हिसावले भने सबैभन्दा धेरै कृषिमा २१ अर्ब ८८ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

दोस्रो स्थानमा पर्यटन छ । पर्यटनमा ८ अर्ब ९४ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?