+
+
Shares

प्रदेशसभा बैठक बोलाउन सांसदहरूले उपसभामुखलाई बुझाए ज्ञापन

सात दलका ३२ जना प्रदेश सांसदले हस्ताक्षर सहित बुधबार प्रदेश सभा बैठक डाक्न ज्ञापन पत्र बुझाएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १७:३८

२ मंसिर, जनकपुरधाम। सात दलीय गठबन्धनका प्रदेश सांसदहरूले प्रदेशसभा बैठक बोलाउन उपसभामुख बबिता राउत ईश्वरलाई ज्ञापन पत्र बुझाएका छन्।

सात दलका ३२ जना प्रदेश सांसदले हस्ताक्षर सहित बुधबार प्रदेश सभा बैठक डाक्न ज्ञापन पत्र बुझाएका हुन्।

मधेस प्रदेश सरकारको नियुक्ति विवादलाई लिएर गत कार्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख रामचन्द्र मण्डलमाथि पद अनुकुल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।

प्रतिशोध स्वरूप सभामुख मण्डलले निरन्तर १० दिन बैठकमा उपस्थित नभएको भन्दै जसपा नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँचजना प्रदेश सांसदलाई पदमुक्त गरेका थिए। यद्यपि सर्वोच्च अदालतले तत्काल पदमुक्त कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अविश्वासको प्रस्ताव माथि एक हप्ताभित्र छलफल गर्नुपर्ने हुन्छ। त्यसका लागि सातदलीय गठबन्धनका प्रदेश सांसदहरूले प्रदेश सभा बोलाउन उपसभामुखलाई ज्ञापनपत्र बुझाएका हुन्।

उपसभामुख इशरले पछिल्लो घटनाक्रमले कर्मचारीहरू प्रदेशसभामा आउन छाडेकोले काम कारबाही अघि बढाउन समस्या भएको बताएकी छन्।

बिहानको समयमा केही कर्मचारीहरू आएर हाजिरी गरे पनि उनीहरू तुरुन्तै फर्किने गरेको उनको भनाइ छ। प्रदेश सभाका सचिव बासु कोइराला मङ्सिर ४ गतेसम्म विदामा छन्।

त्यसकारण मधेस प्रदेश सभा अन्योल अवस्थामा रहेको उपसभामुख ईशरले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?