News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल दोस्रो सिजनको दोस्रो दिनको दोस्रो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भइरहेको छ।
- विराटनगर किंग्सले पहिलो इनिंग्समा पोखरा एभेन्जर्सलाई एनपीएल इतिहासकै सर्वाधिक २२१ रनको लक्ष्य दिएको छ।
- फ्लडलाइटको उज्यालो र दर्शकको उत्साहले टीयू मैदानमा खेलको माहोल जीवन्त बनेको छ।
२ मंसिर, काठमाडौं।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल दोस्रो सिजनको दोस्रो दिनको दोस्रो खेल चलिरहेको छ।
फ्लडलाइटको उज्यालो र गोधूलिको सुनौलो आकाशमुनि पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच स्पर्धा चलिरहेको छ। खेलको पहिलो इनिंग्समा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एनपीएल इतिहासकै सर्वाधिक २२१ रनको लक्ष्य दिएपछि मैदानको माहोल झनै गर्मिएको छ ।
दर्शकदीर्घाबाट उठ्ने हुटिङ र मैदानमा खेलको प्रतिस्पर्धाले एनपीएल भव्य बनेको छ ।
फ्लडलाइट बल्दै जाँदा आकाशमा उडिरहेको अनलाइनखबरको ड्रोनले एनपीएल २०२५ को साँझको सौन्दर्य, खेलाडीहरूको एक्सन, दर्शकहरूको उत्साह र टीयू मैदानको जीवन्त माहोललाई विभिन्न कोणबाट कैद गरिरहेको छ।
सुनौलो रङ्गबाट अँध्यारोमा बदलिंदो आकाश, फ्लडलाइटको तेज प्रकाशसँगै दौडिरहका खेलाडीहरू, उत्साहले भरिएका फ्यानहरू अनि प्रतिस्पर्धाको तनावलाई देख्न सकिन्छ।
हेर्नुहोस् तस्वीरहरू :














प्रतिक्रिया 4