+
+
Shares

नेपालगञ्जमा युवकमाथि आक्रमण गर्ने विनय भण्डारी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १२:०९

३ मंसिर, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सुर्खेत रोडमा एक युकवमाथि आक्रमण गरेर लामो समयसम्म फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत रोडकै विनय भण्डारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–१ बाट पक्राउ गरेको हो । उनीसहितको समूहले गत १३ वैशाखमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर आक्रमण गरेको थियो ।

पक्राउ परेका भण्डारीमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

भण्डारीविरुद्ध यसअघि पनि विभिन्न किसिमका तीन वटा मुद्दा चलेको भेटिएको छ । बाँकेबाटै २४ फागुन २०७३ मा उनीविरुद्ध सवारी ज्यान कसुरको मुद्दा चलेको थियो ।

त्यसपछि १८ माघ २०७८ मा बाँकेबाटै डाँका चोरीको मुद्दा चलेको पाइएको छ । १८ पुस २०७९ मा बाँकेबाटै ज्यान मार्ने उद्योगको कसुरको मुद्दा चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?