+
+
Shares

सोलुखुम्बुमा महिलालाई निःशुल्क ट्रेकिङ गाइड प्रशिक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्ड र यूएनडीपीले सोलुखुम्बुको गर्मामा २८ महिलालाई निशुल्क १५ दिने ट्रेकिङ गाइड तालिम सुरु गरेको छ।
  • तालिमले पदमार्ग ज्ञान, सुरक्षा, प्राथमिक उपचार र पेशागत सेवा सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
  • परियोजनाले महिलाको पर्यटन क्षेत्रमा सहभागिता बढाएर दिगो पर्यटन र आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने बोर्डले बताएको छ।

३ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ ।

महिला सशक्तिकरण तथा दीगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ ।

बोर्डको सहकार्यमा नेपाल माउन्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा उपस्थित सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नम्बर–७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की तथा नम्बर व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले महिलाको पर्यटन क्षेत्रप्रति बढ्दो आकर्षणले नेपालको हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनीहरूले नेपाल पर्यटन बोर्डले अघि सारेका क्षमता विकास कार्यक्रमहरू स्थानीय तहदेखि राष्ट्रिय तहसम्म दिगो पर्यटन प्रवद्र्धनका लागि आधार निर्माण गरिरहेको उल्लेख गरेका छन् ।

ट्रेकिङ क्षेत्रमा महिला सहभागिता विस्तार हुनु देशको पर्यटन क्षेत्रको समावेशी विकासका लागि आवश्यक रहेको र यस्तो तालिमले महिलालाई आत्मविश्वासी, दक्ष र पेशागत रूपमा योग्य ट्रेकिङ गाइडको रूपमा स्थापित गर्न मद्दत गर्ने बोर्डको विश्वास छ । बोर्डले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तर रूपमा विस्तार गर्दै समुदायमा आधारित पर्यटन र महिलाको आर्थिक सशक्तिकरणका लागि थप अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?