+
+
Shares

यशराजको पुनरागमन फिल्म ‘लोकन्ती’ २६ मंसिरदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म 'लोकन्ती' २६ मंसिरदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ।
  • फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका छन् र शीर्ष भूमिकामा यशराज गराचले अभिनय गरेका छन्।
  • फिल्म काभ्रे जिल्लामा छायांकन गरिएको छ र पारिवारिक प्रेमकथाभित्र सामाजिक संवेदना चित्रण गर्छ।

काठमाडौं । कथानक फिल्म ‘लोकन्ती’ २६ मंसिरदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्माताले यसबारे जानकारी दिन पोस्टर सार्वजनिक गरेका छन् ।

पारिवारिक कथावस्तुमा बनेको फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । शीर्ष भूमिकामा यशराज गराचले अभिनय गरेका छन् ।

६ वर्षपछि उनको पुनरागमन फिल्म हो । ‘स्वर’ बाट डेब्यू गरेका गराचको पछिल्लो फिल्म ‘लभ यू हमेशा’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।

काभ्रे जिल्लामा छायांकन गरिएको फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदना चित्रण गर्छ । फिल्ममा ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने र विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातको अभिनय छ ।

फिल्मलाई सन्तोष न्यौपानेले निर्माण गरेका हुन् । यो फिल्म न्यौपाने र अधिकारीको डेब्यू समेत हो । फिल्मलाई लिएर दुवैजना उत्साहित देखिएका छन् ।

विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?