News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा ४० वर्षमुनिका युवाले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन्।
- समितिले पार्टीको आमुल सुधारका लागि ४० वर्षमुनिका युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिने जनाएको छ।
- युवा नेता भुवन भट्टले भ्रष्टाचारविरुद्ध खबरदारी र प्राइमरी इलेक्सनको व्यवस्था गराउन समितिले काम गर्ने बताए।
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा आस्थावान ४० वर्षमुनीका युवा संगठित भएका छन् । उनीहरूले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
कांग्रेसको आमुल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको हो ।
समितिले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, सम्वर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको युवा नेता भुवन भट्टले जानकारी दिए ।
यस्तो छ कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति :


प्रतिक्रिया 4