+
+
WC Series
पोखरा एभेन्जर्स 2025
110/4 (14.3)
VS
३३ बलमा ५६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

रास्वपाले ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १२:४१

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्ने भएको छ । युवाहरूमा बढ्दो राजनीतिक चेतना तथा जेनजी पुस्ताको सक्रिय राजनीतिक प्रवेशलाई दृष्टिगत गरेर ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले राजनीतिक तथा संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल तथा संसदीय प्रक्रियाको व्यावहारिक अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गर्ने उद्देश्यले ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्ने निर्णय गरिएको जानकारी गराए ।

उक्त कार्यक्रमको संयोजन पार्टीको कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, केन्द्रीय प्रशिक्षण विभाग तथा नेतृत्व क्षमता विकास विभागले गर्ने भएको छ ।  कार्यक्रमको संयोजनको जिम्मेवारी सचिवालय सदस्य सोविता गौतमलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?