+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
82/3 (14.3)
Shares

संघीय संसद् भवनको काम समयमै सक्न सभामुख घिमिरेको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १७:०३

४ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन् ।

उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन पनि दिए । निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘निर्माणाधीन संसद् भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ । राष्ट्रिय सभा अहिले पनि जारी छ । त्यसको हल छैन । राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन,’ उनले भने, ‘त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ । प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ । त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ ।’

निर्माणाधिन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  शिलान्यास गरेका थिए ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ ।

१५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?