+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

गोरखामा चोरीका मोटरसाइकल लक्षित ट्राफिक प्रहरीको छड्के चेकजाँच सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २०:०७

४ मंसिर, गोरखा । मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु गरेको छ । ग्रामिण भेगलक्षित गरी चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरूलाई फोकस गरेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘दुइ/तीन दिन आरुघाटबाट सोती हुदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच गर्‍यौं ।’

सो क्षेत्रमा पठाओको रुपमा चोरीका बाइकहरू चल्ने जनगुनासो आएकाले निगरानी बढाइएको उनले जानकारी दिए ।

चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै वेवारिसे अवस्थामा फेला पारेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘ग १७ प २३९० नम्वरको बाइक सडक छेउमा चावी फुटाएको अवस्थामा लामो समयदेखि वेवारिसे भएर बसेको रहेछ, हामीले नियन्त्रणमा लिएका छौं,’ अर्यालले भने ।

उक्त बाइक चोरीको भए नभएको अनुसन्धान भइरहेको उनले बताए ।

चेकजाँचको क्रममा १३ वटा सवारीलाई कारवाहीमा परेका छन् । सवारी नियम उल्लघंन गरेवापत उनीहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा एउटा स्करपिओ, दुई वटा बोलेरो र बाँकी मोटरसाइकल छन् । ‘बढी भाडा लिन्छन् भन्ने गुनासो पनि थियो त्यो पनि हामीले निगरानी गर्‍यौ, तर त्यस्तो भेटिएन,’ उनले भने । चेकजाँचसँगै ट्राफिक नियमबारे सचेत समेत गरिएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा छड्के चेकजाँच गरेको हो । चेकजाँचमा इप्रका आरुघाटका प्रमुख प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा प्रहरी र जिल्ला ट्राफिक इन्चार्ज अर्याललको नेतृत्वमा ट्राफिक प्रहरी खटिएका थिए । अन्य क्षेत्रमा पनि चेकजाँचले निरन्तरता पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?