+
+
WC Series
काठमान्डु गोर्खाज 2025
8/2 (2.3)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

शिलान्यासको एक वर्षमा बुवाखोलाको पुल उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १५:३९

६ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले शिलान्यास गरेको एक वर्षमै पुल निर्माण गरी उद्घाटन गरेको छ ।

खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलाको १४८ लामो पक्की पुल शनिबार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उदघाटन गरेका हुन् । २०८१ मंसिर ६ गते मन्त्री राईले नै पुलको शिलान्यास गरेका थिए । निर्माण सम्पन्न भएपछि आज मंसिर ६ गते नै उद्घाटन गरे ।

पुल निर्माण भएपछि बराहपोखरी गाउँपालिका–५ को पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ का नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।

कोशी प्रदेश सरकारको १७ करोड ७० लाख १० हजार २६५ रुपैयाँ लागतमा जय वागेश्वरी रेग्मी चुरिया जेभी गाइघाटले २०८१ बैशाख ३० गते निर्माण सम्झौता  गरेको थियो ।

पुलको शिलान्यास २०८१ मंसिर ६ गते भएको थियोे ।  निर्माण अवधि २०८३ कात्तिक ३१ गतेसम्म थियो ।

निर्माण अवधि भन्दा १ वर्ष अघि नै  निर्माण भएको पुल प्रदेश सरकारले निर्माण गरेको हालसम्मकै लामो पक्की पुल हो ।

पुल निर्माण भएपछि नागरिकलाई आउजाउ गर्न सहज हुने मन्त्री राईले बताए । इच्छाशक्ति भए समय अघि नै काम गर्न सकिने उदाहरण खोटाङले प्रस्तुत गरेको उनले बताए । उनले प्रदेशभर नै प्रदेश सरकारले द्रुत गतिमा काम गरिरहेको बताए ।

बुवाखोलाको पुल निर्माणस्थल नजिकै सुनकोसी नदीमा पनि बेलिब्रिज निर्माणको प्रक्रिया सुरु भएको छ । बेलिब्रिज निर्माणपछि खोटाङबाट तराई जोड्ने सडकदुरी घट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?