News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ।
- रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गरेपछि फेरान टोरेसले दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
- रियल मड्रिडसँग समान ३१ अंक भएपनि बार्सिलोनाको गोल अन्तरमा अगाडि रहेको हो ।
७ मंसिर, काठमाडौं । बार्सिलोनाले घरेलु मैदान स्पोटीफाई क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ ।
सन् २०२३ मे पछि पहिलो पटक आफ्नो ओरिजिनल घरेलु मैदानमा खेलेको बार्सिलोनाले फेरान टोरेसको दुई गोलमा सहज जित हात पारेको हो ।
रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फेरान टोरेसले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।
यस्तै फर्मिन लोपेजले ४८औं मिनेटमा गोल गरे भने फेरानले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित दिलाए ।
विल्वाओका ओइहान सान्चेटले ५४औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
यो जितपछि बार्सिलोना अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना र रियल मड्रिडको समान ३१ अंक भएपनि बार्सिलोना गोल अन्तरमा अगाडि छ । यद्यपी बार्सिलोनाले भन्दा रियलले एक खेल कम खेलेको छ ।
९०० भन्दा बढी दिनपछि बार्सिलोनाले क्याम्प नोउमा ला लिगाको खेल खेलेको हो । स्टेडियममको अधिकांश भाग बन्द गरिएको थियो भने ४५ हजार १५७ जना दर्शकको अगाडि खेल खेलिएको थियो ।
सन् २०२३ मा सुरु भएको क्याम्प नोउको पुनर्निर्माण २०२४ नोभेम्बरमा सकिने तय भएपनि समय लम्बिएको थियो । स्टेडियममा अब १ लाख ५ हजार दर्शक अट्नेछन् ।
क्याम्प नोउको पुनर्निमार्ण हुँदा बार्सिलोनाले अधिकांश खेल मोन्जइसस्थित ओलम्पिक स्टेडियममा खेलेको थियो । यस्तै जोहान क्रफ स्टेडियममा पनि दुई खेल खेलेको थियो ।
प्रतिक्रिया 4