+

ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालको मध्यम योगफल

२०८२ मंसिर  ७ गते १२:०४ २०८२ मंसिर ७ गते १२:०४
ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालको मध्यम योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले प्रथम ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतसमक्ष २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको छ।
  • नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
  • पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल र भारतले फाइनल पुगेर इतिहास रचिसकेका छन्।

७ मंसिर, काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारतसमक्ष मध्यम योगफल खडा गरेको छ ।

श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको हो ।

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।

नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो । त्यसअघि भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

पहिलो पटक भइरहेको ऐतिहासिक ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटमा नेपाल र भारतले फाइनल पुगेर इतिहास रचिसकेका छन् । अब अन्तिम खुड्किलो पार गर्दै च्याम्पियन बनेर इतिहास रच्ने दाउमा नेपाली टोली छ ।

ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय