+
+
Shares

प्रगतिशील लोकतान्त्रिक पार्टीको ५ सदस्यीय अध्यक्ष परिषद्‍मा जेनजी नेतृ भट्टराई पनि 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १३:२०

७ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले गठन गर्ने पाँच सदस्यीय ‘अध्यक्ष परिषद्’ मा एक जेनजी अगुवा पनि रहने भएकी छन् ।

एक शीर्ष नेताका अनुसार  अध्यक्ष परिषद्मा जेनजी अगुवा ओजस्वी भट्टराई पनि रहनेछिन् । अध्यक्ष परिषद्मा दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती, जेनजी अगुवा ओजस्वी भट्टराई र एक सदस्य मधेशबाट रहनेछन् ।

भट्टराई ६ वर्षदेखि संवैधानिक कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा अध्ययन, अनुसन्धान र अध्यापन गर्दै आएकी छन् । जेनजी विद्रोहपछि हाउ टु देश विकास मार्फत् सक्रिय उनी पछि जेनजी मुभमेन्ट अलायन्समा आबद्ध भएकी थिइन् ।

पार्टीका नेताहरूका अनुसार, भट्टराई जेनजी विद्रोहको जनादेश दस्तावेजीकरण गर्दै मस्यौदा गर्ने र सो मस्यौदा सम्मानित प्रधानमन्त्रीसमक्ष पुर्‍याउन सक्रिय छिन् ।

‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी गठन गरिने ती नेताले जानकारी दिए । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरूले बताएका छन् ।

अहिले डा. बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोली लगायतसँग एकता घोषणा सभा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?