News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति पत्र नवीकरण नगरेपछि खारेज गरेको छ।
- मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमति पत्र नवीकरण नगरेका कारण अनुमति खारेज गरिएको बैंकले जनाएको छ।
- नियमावली अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेको अवस्थामा अनुमति पत्र रद्द गर्ने व्यवस्था छ।
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ ।
केन्द्रीय बैंकले सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनी चेञ्जरको अनुमति खारेज गरेको हो ।
कारोबार गर्न अनुमति पाएकाहरूलाई मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार अनुमतिपत्र नवीकरण नगरेकाले आवश्यक निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
नियमावलीको व्यवस्था अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार बैंकले अनुमति खारेज गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4