News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक भएको छ।
- नेपाल समूह 'सी' मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँगै परेको छ र पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग हुनेछ।
- टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ र नेपालका सबै खेल मुम्बईमा हुनेछन्।
९ मंसिर, काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।
भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ ।
नेपाली टोली २-२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।
नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने यो पहिलो अवसर हुनेछ । यसअघि नेपालले भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिकालगायतका टोलीसँग विभिन्न प्रतियोगितामा खेलिसकेको छ ।
गत संस्करणको टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो । त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो ।
विश्वकपका अन्य समूहमा भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका समूह ए मा छन् भने समूह बी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान छन् ।
समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन् ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।
नेपालको खेलतालिका :
इंग्ल्यान्डसँग – फेब्रुअरी ८ (मुम्बई)
इटालीसँग – फेब्रुअरी १२ (मुम्बई)
वेस्ट इन्डिजसँग – फेब्रुअरी १५ (मुम्बई)
बंगलादेशसँग – फेब्रुअरी १७ (मुम्बई)
यस्तो छ पूरा खेलतालिका

प्रतिक्रिया 4