News Summary
Generated by OK AI. Editorially reviewed.- भेराइटीले सर्वकालिन १०० सर्वोत्कृष्ट कमेडी फिल्मको सूची सार्वजनिक गरेको छ।
- सन् १९८८ को 'द नेकेड गन : फ्रम द फाइल्स अफ पुलिस स्क्वाड' सर्वोत्कृष्ट कमेडी फिल्म घोषित भएको छ।
- सूचीमा दोस्रो स्थानमा सन् १९५९ को 'सम लाइक इट हट', तेस्रोमा 'एनी हल', चौथोमा 'द ग्रेट डिट्याक्टर' छन्।
लस एन्जलस । भेराइटीले सर्वकालीन १०० सर्वोत्कृष्ट ‘कमेडी फिल्म’को सूची सार्वजनिक गरेको छ ।
शीर्षस्थानमा कुन होला ? अनुमान गर्नूस त ।
अवश्य पनि, सन् १९८८ को अपराध-हाँस्य कथावस्तुको फिल्म ‘द नेकेड गन : फ्रम द फाइल्स अफ पुलिस स्क्वाड’ सर्वकालीन सर्वोत्कृष्ट कमेडी फिल्म घोषित भएको छ ।
डेभिड जुकरद्वारा निर्देशित र प्यारामाउन्ट पिक्चर्सद्वारा निर्मित र रिलिज गरिएको यो फिल्ममा लेस्ली निल्सनले बकवास गर्ने प्रहरी लेफ्टिनेन्ट फ्र्याङ्क ड्रेबिनको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा द्रुत गतिको स्ल्यापस्टिक कमेडी प्रस्तुत छ, जसमा धेरै दृश्य र मौखिकरुपमा गरिएका कटाक्ष र कमेडी ग्यागहरू समावेश छन् । यो फिल्म टेलिभिजन श्रृंखला ‘पुलिस स्क्वाड’ मा निल्सनले चित्रण गरेको चरित्रमा आधारित छ ।
न्यूयोर्क प्रहरी विभागका एक बडबडाउने प्रहरी लेफ्टिनेन्ट फ्र्याङ्क ड्रेबिन, कुख्यात अपराधी भिन्सेन्ट लुडविगको खोजीमा छन् । चाँडै नै उनले रानी एलिजाबेथ द्वितीयको हत्या गर्ने भिन्सेन्टको योजनाको बारेमा थाहा पाउँछन् र उनलाई रोक्ने निर्णय गर्छन् । यसको कथावस्तु यही वरपर घुमेको छ ।
यो कमेडी फिल्मले कुनै पनि कुराको मजाक उडाउँछ, जस्तै- विश्वव्यापी निरंकुश व्यक्ति र प्रवृत्ति, नोयर संवाद, सुरक्षित यौन, एक पेशेवर बेसबल खेल, धेरै लामो समयसम्म फ्रिजमा राखिएको खाना ।
सूचीको दोस्रो स्थानमा मार्लिन मुनरो स्टारर सन् १९५९ को क्राइम कमेडी फिल्म ‘सम लाइक इट हट’, तेस्रो स्थानमा सन् १९७७ को फिल्म ‘एनी हल’, चौंथो स्थानमा चार्ली च्याप्लिन स्टारर राजनीतिक व्यंग्य फिल्म ‘द ग्रेट डिट्याक्टर’ छन् ।
पाँचौमा सन् १९९६ को फिल्म ‘वेटिङ फर अ गफम्यान’, छैटौंमा सन् १९७५ को फिल्म ‘मोन्टी पाइथन एन्ड होली ग्रेल’ छन् । सातौंमा सन् १९३३ को फिल्म ‘डक सूप’, आठौंमा सन् १९९६ को फिल्म ‘फार्गो’, नवौंमा ‘योङ फ्र्याङ्कनस्टाइन’ र दसौंमा ‘ग्राउन्डहग डे’ छन् ।
प्रतिक्रिया 4