+
+
WC Series
काठमान्डु गोर्खाज 2025
59/2 (10.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमालेको दल दर्तापछि सरकारले भन्यो- अब त सबै दल चुनावका लागि तयार भइसके

‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता र नवीकरण गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो,’ खरेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १५:३४

९ मंसिर, काठमाडौं । सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको दाबी गरेको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यस्तो दाबी गरेका हुन् ।

‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता र नवीकरण गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो,’ खरेलले भने ।

नेकपा एमालेले पनि निर्वाचन आयोगमा आज मात्रै दल दर्ता गराएको थियो । लगत्तै सञ्चारमन्त्री खरेलले अब केही बाँकी आशंका पनि मेटिएको जिकिर गरे ।

‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अघि बढाएको छ । महत्त्वपूर्ण प्राय: सबै राजनीतिक दलले दल दर्ता गराएका छन् । आज मात्रै पनि तपाईंले नाम लिनुभएको दल (नेकपा एमाले सञ्चारकर्मीले प्रश्न गर्दा उच्चारण गरेको) ले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘अरु राजनीतिक दलले पनि दल दर्ता अघि बढाएका छन् । निर्वाचन प्रयोजनका लागि जुन राजनीतिक दलहरूले दल दर्ता गराइसके, हामी निर्वाचनको विरोधी होइनौं भनिरहेका छन् । हामीलाई सुरक्षाको वातावरण बनाउ भनिसकेका छन् । अब त के आशंका रहेन भने अब त सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके ।

उनले जनताहरू निर्वाचनमा होमिइसकेको पनि बताए ।

‘८ लाखभन्दा बढी मतदाता नामावली दर्ता भइसक्यो । जनता निर्वाचनमा होमिइसके । सुरक्षा योजना तयार भइसकेको छ । सुरक्षा निकायले तत् तत् योजनामा पठाइसकेको छ,’ उनले भने, ‘अब हामी चुनावको माहोल अघि बढाउनतिर भूमिका रहन्छ । निर्वाचनको माहोल थप बन्दै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?