News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी अगुवा रक्षा बमले नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको स्वागत गरेकी छन्।
- उनले संविधानलाई कमजोर पार्न चाहनेहरु चुनावको विपक्षमा रहेको र अहिलेको सरकारलाई कमजोर बनाउन खोजिरहेको उल्लेख गरेकी छन्।
- बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान र अभिव्यक्तिलाई जनताबाट अस्वीकृत हुनु परेको आक्रोश व्यक्त गरेकी छन्।
९ मंसिर, काठमाडौ । जेनजी अगुवा रक्षा बमले प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गराएको स्वागत गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले शंकाको सुविधा सहित एमालेलाई लोकतान्त्रिक यात्रामा स्वागत गरेकी छन् । ‘..एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ,’ उनले लेखेकी छन् ।
संविधानलाई कमजोर पार्न चाहनेहरु चुनावको विपक्षमा रहेको उनले लेखेकी छन् ।
‘..संक्रमणकालीन अवस्थालाई झन् अप्ठ्यारोमा पार्दै लोकतनत्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जति छन्, तिनीहरू सबै यतिखेर चुनावको विपक्षमा छन्, र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन्,’ उनले लेखेकी छन् ।
जेनजी फ्रन्टकी संयोजक रहेकी बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान र अभिव्यक्तिलाई भने सत्ताबाट बाहिरिनु परेको र जनताबाट अस्वीकृत हुनु परेको आक्रोश भनेकी छन् ।
‘… सत्तासँगको ब्रेकअप पछि, जनताले गरेको रिजेक्सन सहन नसकेर गुन्डुमा संसद् पुनर्स्थापनको एकोहोरो सुगा रटाई बम्किरहेकै छन्,’ उनले लेखेकी छन्, ‘रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तो छ उनको रुवाई ।’
चुनाव हुन दिन्नौं भन्ने जेनजीहरूलाई पनि रक्षाले प्रश्न गरेकी छन् ।
‘आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्याउन खोजिरहेका छन् उनीहरू ? नाइ मलाई त्यही सत्ता चाहिन्छ भन्ने ओलीहरू र हामी चुनाव हुन दिन्नौ भन्ने जेनजी साथीहरु, तपाईंहरूलाई स्पष्ट होस्, हामी त लोकतन्त्र चाहन्छौं,’ उनले भनेकी छन् ।
उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको पनि लेखेकी छन् ।
प्रतिक्रिया 4