+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १०:१५

१० मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ ।

इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमा खान कमाललाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत् ट्रिब्युनलको फैसला मोहम्मद युनुसको अन्तरिम सरकारको राजनीतिक ‘षड्यन्त्र’ भएको आरोप लगाएका थियो ।

हसिना र पार्टीलाई अर्को वर्षको फेब्रुअरीमा हुने भनिएको आम निर्वाचनबाट बाहिर राख्ने उद्देश्यले उक्त फैसला गरिएको आवामी लिगको टिप्पणी छ ।

पार्टीले ट्रिब्युनललाई अवैध भन्दै उक्त फैसला अस्वीकार गरेको छ । आवामी लिगले मोहम्मद युनुसको राजीनामा मागेको छ ।

अवामी लिगले युनुस र उनका सहयोगीमाथि ‘मुक्ति विरोधी’ र ‘राष्ट्र विरोध’ मा लिप्त भएको आरोप लगाएको छ ।

लिगले एक्समा भनेको छ, ‘बंगलादेशमा देखावटी चुनावको इजाजत दिइँदैन, जुनसुकै मूल्यमा पनि हामी यसको विरोध गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?