+

महिला फुटबल : ६ वर्षपछि नेपालले इन्डोनेसियासँग खेल्दै

२०८२ मंसिर  १० गते १२:५७ २०८२ मंसिर १० गते १२:५७
महिला फुटबल : ६ वर्षपछि नेपालले इन्डोनेसियासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज साँझ ६:१५ बजे इन्डोनेसियासँग खेल्दैछ ।
  • नेपाल र इन्डोनेसियाको महिला फुटबल टिमले ६ वर्षपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका छन् ।
  • नेपाली टिमका कप्तान सावित्रा भण्डारी चोटका कारण खेल्ने छैनन् र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कप्तानी सम्हाल्नेछिन् ।

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज इन्डोनेसियासँग खेल्दैछ ।

नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति प्रतियोगिताको यो पहिलो खेल हो ।

खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।

नेपाल र इन्डोनेसियाको महिला फुटबल टिम ६ वर्षपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सन् २०१९ मा भएको ओलम्पिक छनोट (एसियाली क्षेत्र दोस्रो चरण) मा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित गरेको थियो । त्यसेबला दुवै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।

तर अष्ट्रेलियाको महिला लिग खेलिरहेकी सावित्रा यस पटक भने चोटका कारण नेपाली टिमबाट खेल्ने छैनन् ।  हाल नेपालको कप्तान समेत रहेकी सावित्राको अनुपस्थितीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कप्ताद्दी सम्हाल्नेछिन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले इन्डोनेसियामा युरोपमा खेलेका खेलाडीहरु भएकोले टिम बलियो भएपनि नेपालले जितकै लागि खेल्ने बताएका छन् । नेपाली टिमले सावित्रालाई मिस गर्ने तर अन्य खेलाडीहरुले उनको अभावलाई पूरा गर्न सक्ने क्षमता रहेको पनि बताएका छन् ।

महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय