+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
53/2 (6.6)
Shares

सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
  • सर्वोच्च अदालत जलाएको आरोपमा यसअघि पाँच जना पक्राउ परेका थिए भने अहिले कुल पक्राउ परेका व्यक्तिको संख्या ६ पुगेको छ।
  • अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली बनाएर सर्वोच्च अदालत जलाउनेलाई पक्राउ गर्न अपरेशन गरेको छ।

१० मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ परेका थिए । यो सँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सर्वोच्च अदालत जलाउनेलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली बनाएर अपरेशन सञ्चालन गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?