११ मंसिर, काठमाडौं । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई कारबाही प्रक्रिया अघि बढाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा डीआईजी सरुवाको विषयलाई लिएर स्टाटस लेखेपछि प्रहरी हेडक्वाटरले अहिले कारबाही प्रक्रिया अघि बढाएको हो ।
उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हेडक्वाटर स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘मिडिया नीति तथा आचार संहिता विपरीत काम गरेका कारबाही प्रक्रिया अघि बढाएका छौं’ हेडक्वार्टर स्रोतले भन्यो ।
कार्य विभागमा कार्यरत डीआईजी सापकोटाले केही दिन अघि तीन डीआईजीको सरुवा भएपछि त्यसमा असन्तुष्टि जनाउँदै ‘हम कभी नही सुध्रेङ्गे, नेपाल पुलिस डीआईजी पोस्टिङ’ भनेर फेसबुकमा लेखेका थिए ।
उनको यो स्टाटस प्रहरी नियमावली २०७१ विपरित, मिडिया नीति २०६० विपरित, आचार संहिता २०७७ विपरित भएकाले कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4