+

सुमितको अर्धशतकमा पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

२०८२ मंसिर  ११ गते १७:२७ २०८२ मंसिर ११ गते १७:२७

पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए ।

सुमितको अर्धशतकमा पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

११ मंसिर, काठमाडौं ।  सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिमसमेत हो । पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

दुई/दुई खेल खेलेका यी दुई टोली हालसम्म अंकविहीन छन् । आज एक टोलीले २ अंक जोड्नेछ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय