१२ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरू रहेको पनि स्मरण पनि गरे । आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको बताए ।
अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताए ।
‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो । दमन भएको थियो । यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यि सबै विषयमा हामी आफूलाई यिनै उपलब्धिहरूको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ । त्यो प्रेरणा हामीले लिइरहनुपर्छ,’ उनले भने ।
युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहेको र उक्त जिल्लामा आफूहरू लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डरग्राउण्ड हल बनाएर बसेको बताए ।
‘त्यो क्रममा धेरै साथीहरूले ज्यान गुमाउनु भयो । राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिएपनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो । हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ । उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा । त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अण्डरग्राउण्ड हल बनाएका थियौँ,’ उनले भने ।
प्रतिक्रिया 4