News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलबीच १-१ को बराबरी भएको छ।
- चेल्सीका मोइसेस काइसेडोले ३८औं मिनेटमा रातो कार्ड पाएका थिए।
- लिभरपुलले वेस्ट ह्यामलाई २-० ले हराएको छ र म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ।
१५ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।
खेलको ३८औं मिनेटमा चेल्सीका मोइसेस काइसेडोले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा चेल्सीले गोल गरेपनि आर्सनलले बराबरी गरेको थियो ।
४८औं मिनेटमा ट्रेभो चालोबाहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल भएनन् ।
बराबरीपछि १३ खेलबाट ३० अंक भएको आर्सनल शीर्षस्थानमा यथावत् छ । चेल्सी २४ अंकसहित तेस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २-० गोलअन्तरले हरायो । लिभरपुल जितपछि १३ खेलमा २१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
त्यस्तै म्यान्चेस्टर युनाइटेडले पनि क्रिस्टल प्यालेसविरुद्ध २-१ को पुनरागमन जित हासिल गरेको छ । युनाइटेड पनि २१ अंकका साथ गोलअन्तरका आधारमा सातौं स्थानमा छ ।
प्रतिक्रिया 4