+
+
WC Series
जनकपुर बोल्ट्स 2025
110/1 (9.6)
VS
६० बलमा ६७ रन आवश्यक
चितवन राइनोज 2025
176/4 (20)
Shares

उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले परिपत्र गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १४:१२
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठक ।

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग केन्द्रले गर्ने पार्टी विधानमा व्यवस्था छ ।

एक सिटका लागि तीन जनाको नाम सहमति वा सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउन सकिने छ । तल्लो तहबाट प्राप्त नामहरूका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।

सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) सदस्य उम्मेदारका आकांक्षीहरूको नाम केन्द्रमा पठाउनका लागि मातहतका संरचनालाई परिपत्र गर्ने निर्णय गरेको छ ।

सोमबार केन्द्रीय समितिले गरेको निर्णयमा ‘प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालय मार्फत् स्पष्ट निर्देशन सहितको परिपत्र गर्ने’  उल्लेख छ ।

समानुपातिक एवं प्रत्यक्षको उम्मेदवार चयन गर्दा कांग्रेसले तल्लो तहबाट नामहरू सिफारिसका लागि परिपत्र गर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची पेस गर्नका लागि १८ र १९ पुस तोकेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचन २१ फागुनका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?