१९ मंसिर, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोरÞ्याए ।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुरÞ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4