+
+
Shares

कालोसूची प्रावधानमा रिभ्यु गर्दैछौं, भ्रष्टाचार भएको भए क्षम्य हुँदैन : गभर्नर पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:०७

२१ मंसिर, काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यु गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनका अनुसार तरलता अहिले व्याप्त छ । यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीति लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उनले बताए ।

‘कालोसूचीबारे अहिले रिभ्यु पनि गर्दैछौं, मौद्रिक नीतिमा पनि आएको छ, एउटा सबैमा चासो पनि छ, जति हामीले अपेक्षा गरेका थियौं, मुलुकमा लगानीको ग्रोथ हुन सकिरहेको छैन,’ उनले भने, ‘तरलता धेरै छ, क्रेडिट ग्रोथ नहुनेको कारण धेरै हुन सक्छ, त्यस आधारमा एउटा कारक धरै मान्छे कालोसूचीमा परेका छन्, डेढलाख ऋणीलाई अहिले कालोसूचीमा राखेका छौं ।’

गभर्नर पौडेलले निर्माण क्षेत्रमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्या समेत हटाइने बताए ।

धितो राखेर ऋणीले कर्जा लिने र धितो लिलामी गर्दा कम मूल्यांकन गरेर बेच्ने प्रवृत्ति हटाइने उनले बताए । उनका अनुसार यसलाई निजी क्षेत्रमा भएको भ्रष्टाचारका रूपमा राष्ट्र बैंकले लिएको छ ।

सरकारी बैंकबाट ऋण मिलाइदिने भन्दै बार्गेनिङ हुँदा सरकारी निकायहरूले रोक्न सक्ने भए पनि निजी बैंकहरूमा हुने त्यस्ता गतिविधि रोक्न चुनौती रहेको उनले बताए ।

गभर्नर पौडेलका अनुसार त्यस्ता गतिविधिलाई राष्ट्र बैंकले गम्भीर रूपमा लिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?