+
+
Shares

गोलभेँडाको मूल्य एकैदिन १३ प्रतिशतसम्म घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी तरकारी बजारमा सोमबार गोलभेँडाको मूल्य ७ देखि १३ प्रतिशतसम्म घटेको छ।
  • नेपाली ठूलो गोलभेँडाको मूल्य आइतबार ९५ रुपैयाँबाट सोमबार ८५ रुपैयाँमा घटेको छ।
  • भारतीय ठूलो गोलभेँडाको मूल्य १०५ रुपैयाँबाट १०० रुपैयाँ र तराईको सानो गोलभेँडाको मूल्य ९२ रुपैयाँबाट ८० रुपैयाँमा घटेको छ।

२२ मंसिर, काठमाडौं । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूचीले गोलभेँडाको मूल्य एक दिनमा ७ देखि १३ प्रतिशतसम्म घटेको देखाएको हो ।

हिजो आइतबार प्रतिकिलो औसतमा ९५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज सोमबार ८५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजोको तुलनामा आज नेपाली ठूलो गोलभेँडाको मूल्य १०.५३ प्रतिशतले घटेको छ ।

यस्तै भारतीय ठूलो गोलभेँडाको मूल्य पनि सोमबार ५ रुपैयाँ घटेर प्रतिकिलो १ सय रुपैयाँ कायम छ ।  हिजो भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

लोकल सानो गोलभेँडा पनि ७.६९ प्रतिशतले घटेर प्रतिकिलो ६० रुपैयाँ औसत मूल्य रहेको छ । हिजो लोकल सानो गोलभेँडाको मूल्य ६५ रुपैयाँ प्रतिकिलो रहेको थियो ।

यसैगरी तराईको सानो गोलभेँडाको मूल्य हिजो आइतबारको तुलनामा आज सोमबार १३.५९ प्रतिशतले घटेको छ । हिजो प्रतिकिलो थोकमा औसत ९२ रुपैयाँमा किनबेच भएको तराईको सानो गोलभेँडाको मूल्य आज प्रतिकिलो ८० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?