
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारले गोलभेँडाको मूल्य बढेको देखाएको हो।
- आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँले बढेको छ।
- लोकल र टनेलको गोलभेँडाको मूल्य पनि वृद्धि भएको छ।
२७ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ ।
सोमबार प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै लोकल गालभेँडाको मूल्य पनि प्रतिकिलो १३ रुपैयाँले बढेको छ ।
आज लोकल गोलभेँडा प्रतिकिलो ७८ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने लोकल गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।
टनेलको सानो गोलभेँडाको मूल्य आज प्रतिकिलो ८ रुपैयाँले बढेर ८८ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै भारतीय ठूलो गोलभेँडा आज प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4