News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको छ।
- पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले नेकपाका केन्द्रीय नेताहरूको उपस्थितिमा सभा गर्ने निर्णय गरेको हो।
- कार्यक्रम बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा व्यापक जनसहभागितासहित गरिने नेकपाका नेता ताज मोहम्मद मियाँले जानकारी दिए।
२२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।
बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो नेकपाका नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।
पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ ।
देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिस्ट शक्तिबीच एकताको प्रारम्भ गरेको छ ।
प्रतिक्रिया 4