News Summary
Generated by OK AI. Editorially reviewed.- तारागाउँ रिजेन्सीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- सञ्चालक समितिको निर्णय अनुसार लाभांश प्रस्ताव आगामी साधारणसभामा लैजाने र पारित भएपछि लगानीकर्ताले पाउने छन्।
- भदौ २४ गतेको आगजनीका कारण तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल हाल बन्द अवस्थामा छ।
२३ मंसिर, काठमाडौं । तारागाउँ रिजेन्सीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हिजो साँझ बसेको सञ्चालक समिति बैठकले लाभांशको प्रस्ताव आगामी साधारणसभा लैजाने निर्णय गरेको छ । सो प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
भदौ २४ गतेको विध्वंसमा आगजनी भएका कारण अहिले तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल बन्द अवस्थामा छ । यस कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ हाराहारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4