+
+
Shares

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:११

२३ मंसिर, काठमाडौं । समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन दिने समय आजसम्म छ ।

२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा समानुपातिक तर्फ निर्वाचन लड्न चाहने दलले यही मंसिर २१ गतेदेखि आजसम्म दल दर्ताको निवेदन दिनुपर्ने कार्यतालिका छ ।

कार्यतालिका अनुसार पहिलो दिन ३३ दल र दोस्रो दिन ३४ दलले निवेदन दिएका छन् । आज कति दल थपिन्छन् उनीहरूले २१ फागुनको निर्वाचनमा समानुपतिकतर्फ निर्वाचन लड्न पाउनेछन् ।

प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ ।

आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ ।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?